दुर्गा प्रसाईं सहित सात जनालाई डिल्लीबजार कारागार चलान

गत चैत १५ गते राजावादीको आन्दोलनको क्रममा  राजधानीको तीनकुनेमा भएको आगजनी तथा पत्रकार मृत्यु प्रकरणमा संलग्न ठहर गरिएका दुर्गा प्रसाईं सहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो

अदालतको आदेशपछि दुर्गा प्रसाईं, सरोज गौतम, डण्डपाणी रेग्मी, सुशील बराल,गोकर्ण शाही, केशव बस्नेत जितबहादुर श्रेष्ठलाई कारागार पठाइएको काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए

उनीहरू विरुद्ध आगजनी पत्रकारको मृत्यु सम्बन्धी घटनामा अभियोजन गरिएको हो सो दिन समाचार सङ्कलनका लागि घटनास्थलमा पुगेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो प्रदर्शन दुर्गा प्रसाईं नवराज सुवेदीको नेतृत्वमा भएको थियो

अदालतको आदेशअनुसार सातै जना अभियुक्त डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहनेछन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?