भारतमा उडान भरेको केही बेरमै विमान दुर्घटना ग्रस्त

एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै दुर्घटनाग्रस्त भएको

भारतिय संचार टाइम्स अफ ईन्डियाका अनुसार लण्डन जाँदै गरेको विमान शहरको मेघानी क्षेत्रमा खसेको थियो । दुर्घटनापछि कालो धुवाँको ठूलो मुस्लो देखिएको तत्काल उद्धार कार्य भईरहेको जनाएको छ।

विमानमा झण्डै ३०० यात्रु अट्ने क्षमता थियो दुर्घटनाको समयमा करिब २९० जना सवार रहेको बताइएको
अन्तर्राष्ट्रिय लामो दूरीको उडानका लागि विमानमा प्रशस्त इन्धन भरिएको थियो, जसका कारण दुर्घटनापछि ठूलो विस्फोट आगलागी भएको छ।

दुर्घटनास्थलमा धेरै वटा दमकल एम्बुलेन्स पठाइएको , उद्धार कार्य तीव्र गतिमा जारी छ । हालसम्म मृतक वा घाइतेको आधिकारिक पुष्टि भएको छैन । दुर्घटनाको कारणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?