२९ जेठ, बुटवल । शैक्षिक परामर्श क्षेत्र भित्र आपसी मित्रता र मनोरञ्जन बढाउने उदेश्यका साथ राष्ट्रिय शैक्षिक परामर्श संघ, लुम्बिनी प्रदेश द्वारा आयोजना गरिएको प्रतियोगिताको लागि बुटवलको तिनकुनेमा रहेको एपोलो एजुकेसन कन्सलटेन्सिले आफ्नो खेल टिमको जर्सी सार्वजनिक गरेको छ ।
बुटवलमा हुन गैरहेको अन्तर कन्सलटेन्सी इन्डोर क्रिकेट प्रतियोगिताको लागि सहभागीहरुले आ–आफ्ना जर्सी सार्वजनिक गरिरहेका बेला प्रतियोगितामा सहभागिता जनाउनको लागी एपोलोले पनि टिम समुहको साथ उक्त जर्सि सार्वजनिक गरेको हो ।
यहि जेठ ३० र ३१ गते बुटवलको कालिकानगरमा हुन गैरहेको क्रिकेट प्रतियोगिताको लागी सिइओ गंगा आचार्य, कप्तान सन्दीप बस्याल र टिम म्यानेजर सरोज न्यौपानेको उपस्थितिमा आफ्नो जर्सी सार्वजनिक गरिएको एपोलो कन्सल्टेन्सीका संचालक दुर्गा पन्थीले जानकारी दिए ।