सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति विरुद्धको रिटमा आज फैसला सुनाउने भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेश मार्फत विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त गरेको थियो ।
तत्कालीन समयको उक्त नियुक्ति प्रक्रिया अवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे ४ वर्षपछि नियुक्ति सम्बन्धी मुद्दामा यही जेठ १ गते अन्तिम सुनुवाइ सकेर आजका लागि फैसला सुनाउने मिति तय गरेको थियो ।