गुल्मीकी अग्रिमाले जितिन Little Miss Glam Universal 2025 को उपाधी

Little & Teen Glam International 2025 सौन्दर्य प्रतियोगिता मे २४ देखि २९ सम्म फिलिपिन्सको मनीलामा सम्पन्न भएको   यस प्रतियोगितामा नेपालका प्रतिनिधिहरूले उल्लेखनीय सफलता प्राप्त गरेका छन

नेपालकी अग्रिमा कुँवरले Little Miss Glam Universal 2025 को उपाधि हात पार्न सफल भएकी छन भने उनले  sub title medal-3 को समेत उपाधी हात पारेकी छन

प्रतियोगिताको क्रममा अग्रिमाले आफ्नो परिचयात्मक भिडियो मार्फत नेपाली संस्कृति, पर्यटन आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन् । उनको आत्मविश्वास, प्रस्तुतीकरण सांस्कृतिक अभिव्यक्तिले निर्णायकहरूको ध्यान खिचेको फिलिपिन्सको मनिलाबाट उनको बुवा त्रि-विक्रम कुँवरले बताए 

राष्ट्रको पहिचान बोकेको कुरा सहित अग्रिमा कुँवरले नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिँदा यो केवल व्यक्तिगत सफलता नभइ सम्पूर्ण देशको गौरव भएको हामिहरुले पाएको ताजले अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न हौसला मिल्ने बताएकी छन

अग्रिमा कुँवर ११ बर्ष मात्रै पुगेकी छन उनि गुल्मी मदानेकी बासिन्दा हुन् भने हाल बुटवल १२ मा बसोबास गर्दै बुटवलको Everest boarding secondary school मा कक्षा ७ अध्ययनरत छन

त्यस्तै प्रतिस्पर्धामा बुटवलकी  मिरिन्जा गाहाले Miss Teen Glam World 2025 को उपाधी हात पार्न सफल भइन भने sub title medal-3 को समेत उपाधी प्राप्त गरिन

नेपालगञ्जकी मोनिका कठायतले Mini Miss Glam international 2025 को उपाधी जितिन भने sub title medal-3 कोउपाधी समेत हात पारेकी छन

Mr junior glam Universal 2025 भने बुटवलकै अभिनव न्यौपाने जितेका छन भने sub title medal-3 समेत हात पारेका छन

Little & Teen Glam International विश्वकै सबैभन्दा ठूलो बालबालिका किशोरी सौन्दर्य प्रतियोगिता हो, जसमा वटा बालिका उपश्रेणीहरू वटा किशोरी उपश्रेणीहरू रहेका छन

कार्यक्रममा Talent & Gala Night round,National custom round, Swimming custom,Resort wear round,Fashion show,Formal/long evening grown,Sports Introduction round रहेका थिए

उनिहरुको यो सफलता नेपाली बालबालिकाहरूका लागि प्रेरणादायी उदाहरण हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको नेपालको तर्फबाट आयोजक संस्था  Majestic group  का संचालक तथा Country director  मन्जेस गिरीले बताए

कार्यक्रमको लागी नेपालको तर्फबाट  Majestic group का संचालक तथा Country director मन्जेस गिरी assist director सजल श्रीभासको नेत्तृत्वमा नेपाली नेपाली टोली मे २२ तारिकका दिन फिलिपिन्सको मनिला प्रस्थान गरेको थियो   कार्यक्रममा २९ देशका ७३ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो

नेपाली टिमको लागी यस कार्यक्रमको मुख्य प्रायोजन Extra tech oval international cricket studium का director बिनोद कुँवरले गरेका थिए । उनि हाल अष्ट्रेलियामा रहेका छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?