भिजिट भिसाको दुरुपयोग बारे चर्को बहस चलिरहेका बेला नेपाली कांग्रेसले गृहमन्त्रीको पक्षमा बलियो अडान लिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले भने, “जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ यस प्रकरणमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।” उनले गृहमन्त्री लेखकलाई जबरजस्ती यस विवादमा जोडेर अफवाह फैलाउने काम भइरहेको बताउदै जो वास्तवमा संलग्न छन्, उनीहरूलाई कारबाही हुनुपर्ने बताए ।
आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ । यसले आगामी दिनमा यस प्रकरणको छानबिन र राजनीतिक परिवेशमा थप प्रभाव पार्ने देखिन्छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो ।