भिजिट भिषामा मानव तस्करी : गृहमन्त्री लेखक नैतिक सङ्कटमा

भिजिट भिषामा मानव तस्करीको गंभीर मुद्धामा गृहमन्त्री रमेश लेखकमाथि नैतिक दबाब बढ्दै गएको उनलाई बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट परेको भने प्रधानमन्त्री कार्यलयमा उजुरी दिईएको

कुनै बेला संसदमा तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई लच्छित गर्दै नैतिक प्रश्न उठेपछि राजीनामा दिनु पर्छ भन्ने लेखकले संसदमा दिएको अभिव्यक्ति अहिले आफ्नै लागी भारी परिरहेको उनको त्यो अभिव्यक्ति अहिले समाजिक संजालमा चर्चामा

विभिन्न मुलुकका भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रूपमा उनको सचिवालय मुछिएको यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी परेका छन भने अर्को तर्फ सामाजिक संजालमा उनको विरोध आलोचनामा स्वरहरु सशक्त रुपमा देखिएका छन

हाल अख्तियारले गृहका सहसचिव तीर्थराज भट्टराई लगायत माथि छानबिन गरिरहेको भिजिट भिसाको सेटिङ मन्त्रीकै  सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको

मन्त्री पदमा बस्दा उनले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा अधिवक्ता मधु चौलागाईंले रिट पेस गरेका छन् सो रिट दर्ता बारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको भिजिट भिसामा दैनिक ५० लाख रुपैयाँसम्म असुल्ने गरिएको घटनामा गृहमन्त्री माथि समेत छानबिनको दबाब बढिरहेको छ।

आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा दर्जन कर्मचारीलाई जिम्मेवारीबाट हटाएको विमानस्थल अध्यागमनबाट हटाइएकाहरुमध्ये अधिकांश नायब सुब्बा छन् कतिपय अधिकारीहरुले अख्तियारको अनुसन्धान चलिरहेका बेला ति कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् छानविन चलिरहँदा धमाधम कर्मचारी सरुवा गर्नुले पनि गृह प्रशासनमाथि नै शंका बढेको यो अवस्थामा गृहमन्त्री लेखकमाथि नैतिक दबाब बढीरहेको देखिएको

बर्ष अगाडी तत्कालिन भिजिट भीषा प्रकरण अनुसंधान गर्ने अधिकार प्राप्त अनुसन्धान अधिकृत नेपाल प्रहरीका तत्कालीन डिएस्पी गोविन्द पन्थीले हिजो मात्र भिजिट भिजा सेटिङ कमिसनको चलखेल बारे डरलाग्दो खुलासा गरेका छन

उनले खुलासा गरे अनुसार भिजिट भिजाको सेटिङ मार्फत दैनिक डेढ देखि करोड सम्म कमिसन उठ्ने गरेको देखिन्छ यही खुलासा गरेवापत अन्य पोल खुल्ने डरले उनले तत्काल सरुवा धम्किको सामना गर्नुपरेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?