प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर कानून विपरीत नियुक्ति गरिएको जिकिर गरेका छन् ।
बुधबार अर्थ समितिमा बोल्दै उनले विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी गरे । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था रहेको स्मरण गराए । गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको भन्दै शाहीले पौडेलको पढाइ कृषि विषयमा रहेको समेत टिप्पणी गरे ।
बुधबार (आज) बिहान सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले गभर्नर पौडेललाई शपथ गराएका हुन ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेल सहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस अनुसार मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो।