नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन ।
आइजिपी थापाले आज बिहान भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन भनेका छन ।
उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन समेत दिए ।
पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु र एक आपसमा हातपातमै उत्रनु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आईजी थापाले भने ।
गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई विधि र नियम अनुसार कारवाही हुन्छ नै अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित हुँदैन आइजिपी थापाले भने ।