सेवा र विकासका लागि युवा संस्थाद्वारा छात्रवृत्ति प्रदान

जेष्ठ बुटवल सेवा विकासका लागि युवाको समन्वय ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा रहेको श्री कालिका मानवज्ञान  माद्यामिक विद्यालयमा एक समारोह विच छात्रबृत्ती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको

कार्यक्रममा  कक्षा मा अध्ययनरत छात्रा प्रमिसा अधिकारी रश्मि बन्जाडेलाई छात्रवृत्ति प्रदान गरिएको हो कार्यकममा स्वागत मन्तब्य राख्दै संस्थाका सल्लाहकार एवम एम्स कलेजका क्यामस प्रमुख दीपक ढकालले युवा विद्द्यार्थिहरुलाई शिर्जनात्मक सेवा कार्यमा अभिप्रेरित गर्न छात्रबृती प्रदान गरिएको बताए

कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुभेन्द्र प्रसाद यादवले  सानो सानो रकम सङ्कलन गरेर संस्थाले अहिले  सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थिहरुलाई छात्रवृती प्रदान गर्ने काम भैरहेको आगामी दिनमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम गरिने बताए

कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष नित्यानन्द  ज्ञवाली , प्रधानाध्यापक दिनेश थापा,सेवा बिकासका लागि युवा लुम्बिनीका सल्लाहकार एवम बुटवल नगर अध्यक्ष कमल गौतमले सेवा बिकासका लागि युवा संस्थाले गरेका कार्यहरुको प्रसंसा गर्नुको साथै आगामी कार्यक्रमको सफलताको कामना गरेका थिए

संस्थाका पदाधिकारिहरु, विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिका विद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रमा प्रति व्यक्ति १३ हजार सयका दरले  छात्रबृत्ती प्रदान गरिएको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?