काठमाडौंमा भीषण आगलागी एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका२८ स्थित मखन टोलमा भएको भीषण आगलागीमा एक महिलाको मृत्यु भएको छ।

आगलागीका कारण एक महिलाको ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन । हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन  सुरज आर्केड पछाडि अवस्थित दयाराम श्रेष्ठको घरमा  आगलागी भएको हो

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा महानगर प्रहरी खटिएका छन्। दमकलको सहायतामा आगो निभाउने प्रयास जारी आगलागीबाट कति धनमालको क्षति भएको भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?