२९ वैशाख,गुल्मी । पर्यटन डिभिजन कार्यालय रुपन्देही भैरहवाले गुल्मीको मदाने २ बाँझकटेरीका महिला दिदी-बहिनीहरुको लागी नौमती बाजा र भजन बाजा सेट बितरण गरेको छ ।
पर्यटन डिभिजन कार्यालय भैरबाहका प्रमुख नेत्र भुसालको उपस्थितिमा वैशाख २९ गते (आज) मदाने २ को वडा कार्यालय बाँझकटेरीमा एक कार्यक्रमको विच १ सेट नौमती बाजा र २ सेट भजन कृतन बाजा वितरण गरिएको वडा कार्यालय बाँझकटेरीका कर्मचारी डिल्ली राज भट्टराइले बताए ।
बाजा सेट मदाने २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. र महिला संजाल मदाने २ बाँझकटेरी मार्फत बाँझकटेरीका महिला दिदी–बहिनीलाई बितरण गरिएको भट्टराइले जानकारी दिए ।
मदाने २ वडा कार्यालयको पहल र अनुरोधमा पर्यटन डिभिजन कार्यालय भैरवाहले आफ्नै लगानीमा उक्त बाजाहरु बितरण गरेको वडा कार्यालयले बताएको छ । उक्त कार्यक्रमबाट महिला दिदी –बहिनीलाई सीप सिकाई सङ्गै आर्थिक र सामाजिक रुपमा सबल बनाउने लक्ष्य लिएको मदाने २ बाँझकटेरीका वडा अध्यक्ष माधव भुशालले बताए ।