फुकुओका
स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना हुने भएको छ ।
क्रिकेट कप २०२५ मे महिनाको ५ र ६तारिकका दिन क्युस्युको गान्नोसु रिक्रिएनस सेन्टर भएको खेल मैदानमा गर्ने गरी तयारी अगाडी बढाएको क्लब म्यानेजर मिराज सेडाईले बताउनुभयो ।
पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण पनि आयोजना गर्ने उर्जा मिलेको र दोस्रो संस्करणमा क्युस्युकै सर्वाधिक धन राशीको प्रतियोगिता गर्ने गरी तयारी गरीरहेको म्यानेजर सेडाईले जानकारी दिनुभयो ।