आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरणमा रोक लगाउने अभियान सुरु

अनिल नेपाली

स्वास्थ्य कार्यालय अर्घाखाँचीले  आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण नगर्ने रोक्नका लागी   जिल्लामा रहेका  बर्थिङ्ग सेन्टरका बर्सिङ्ग स्टाफ, फार्मेसी, अस्पताल, ओैषधी पसलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको

कार्यक्रममा मन्तब्य राख्दै  स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीले  बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न आबश्यक रहेको बताउदै आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने प्रमुख नेपालीले बताए  

नेपालीका अनुसार विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्नब्रान्डका आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवर्द्धन गर्ने बताए

कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्रीवितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथाआमा शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरिक्षक पुर्ण प्रसाद पराजुली, प्रकाश परियार लगायतले प्रशिक्षण दिदै तराईका जिल्लामा जस्तो अर्घाखाँची जिल्लामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नभएको यदि कोही कसैले बितरण नियन्त्रण गर्न सन्धिखर्क नगरपालिका प्रतिबद्व रहेको बताए

कार्यक्रममा बरिस्ठ अस्पताल नसिङ निरिक्षक सरस्वता न्यौपानेले आमाले बच्चालाई पुर्ण रूपमा स्वस्थ्य बनाउनका लागि आमाको दुध प्रशस्त खुवाउनु पर्ने कतिपयले दूध आएन भनेर बच्चालाई बजारका दूध खुवाउने गरेकोले त्यसलाई पुर्ण रूपमा रोक्नुपर्ने बताईन्

कार्यक्रममा ओैषधी व्यबसायी संघका महासचिव तिलक मिश्र, अध्यक्ष राम प्रसाद अधिकारी, पत्रकार अनिल नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए  

कार्यक्रम स्वास्थ्य प्रमुख शिव नेपालीको अध्यक्षता जनस्वास्थ्य निरिक्षक कृष्ण प्रसाद  पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो कार्यालयले गाउँघरमा यस्ता प्रतिस्थापन बस्तुको बिक्रि बितरण भएकोले यसलाई रोक्न  कार्यालयले अनुगमन निरिक्षण गर्ने जनाएको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?