पाणिनी तपोभूमि सम्मेलन २०८१ सात बुद्वे घोषणा पत्र जारी गदै सम्पन्न

अनिल नेपाली

पाणिनी तपोभूमि सम्मेलन २०८१ सात बुँदे घोषणा पत्र जारी गदै  सम्पन्न भएको संस्कृत व्याकरणका पिता पाणिनी ऋषिको पहिचान, तपोभूमिको विकास व्यापकता सम्मेलनको अभियानभन्ने मूल नारासहित आयोजित पाणिनी तपोभूमि सम्मेलन २०८१ सात बुँदे घोषणापत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको हो

दुई दिनसम्म पाणिनी तपोभूमिमा चलेको सम्मेलनले पाणिनी ऋषिको योगदानको पहिचान, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धन तथायस क्षेत्रको समग्र विकासमा जोड दिँदै घोषणापत्र सार्वजनिक गरेको हो

पाणिनी गाउँपालिका, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद बुटवल, रैनादेवी छहरा गाउँपालिका पाल्पा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए उद्घाटनसत्रमा बोल्दै प्रधानमन्त्री ओलीले पाणिनी ऋषिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए

सम्मेलनमा स्थानीय, प्रदेशस्तरीय केन्द्रीय तहका प्रतिनिधिहरू, धार्मिक गुरु, पर्यटन विज्ञ, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

सम्मेलनबाट पारित सात बुँदे घोषणापत्रमा पाणिनी क्षेत्रको धार्मिक, ऐतिहासिक शैक्षिक महत्व उजागर गर्दै विकासका पूर्वाधारनिर्माण, अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापनाको पहल, पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन, स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो विकासको योजना कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिइएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?