पाणिनी विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ हो : प्रधानमन्त्री ओली

अनिल नेपाली

अर्घाखाँचीप्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताउनु भएको अर्घाखाँचीमा आयोजितपाणिनी तपोभूमि सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पार्नुभयो

`यो भूमि पावन , पुण्य , देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयोप्रधानमन्त्री ओलीले भन्नुभयो-`विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो अरु सबै व्याकरणहरूले पाणिनीको सूत्रलाई आधार मानेका छन् ´

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायी मार्फत संस्कृत व्याकरणको हजार सय ५९ सूत्रनिर्माण गरिएको ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताउनुभयो

`पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवात सँगै संगीत लयको विकास भयो´उहाँ ले भन्नुभयो ।उहाँले पाणिनीले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जलि, अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद ज्ञान साधनाको केन्द्र भएको यसभूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो

नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको स्पष्ट पार्नुभयो धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न जोड दिनेबताउनु भयो पाणिनीको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको बताउनु भयो `ऋषिहरू ध्यान तपस्याको लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ´

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?