दोस्रो गुल्मी महोत्सव वैशाख ५ गतेदेखि सारियो

अनिल खत्री

२६ चैत, गुल्मी गुल्मी महोत्सवको वैशाख गतेदेखि सञ्चालन हुने भएको यसअघि चैत २९ गतेदेखि वैशाख १३ गतेसम्म हुने भनिएको थियो

मंगलवार पत्रकार भेटघाट गरेर मेला तयारी नपुगेको भन्दै वैशाख गतेदेखि वैशाख १७ गतेसम्म हुने भएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए गुल्मी चेम्बर अफ कमर्शको तम्घास गुल्मीको आयोजनामा दोस्रो गुल्मी महोत्सव२०८२तथा कृषि, पर्यटन, ब्यापार एवम् औद्योगिक मेला वैशाख गतेदेखि वैशाख १७ गतेसम्म सम्म संचालन हुने मेलाको तयारीलाई तिव्र पारिएको जनाएको

महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव हुने स्थल तम्घासको कारागार नजिकै नुनथलामा व्यापारिक स्टल निर्माणको काम पनि सुरु भएको महोत्समा राखिने रमाइलो मेला पिङ्ग लगायत बिभिन्न मनोरञ्जनात्म सामाग्रीहरु पनि महोत्सव हुने स्थल नुनथलामा तयार गरिदै गरेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष पाण्डेले बताए

 महोत्सव सम्पन्न गर्न बिभिन्न गठित २९ वटा उपसमितिहरुले आफ्ना महोत्सव लक्षित गतिबिधीलाई तिव्र पारेसँगै महोत्सवको तयारी अगाडी बढेको आयोजकले जनाएको गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्यसमाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको

 मेलामा ३०० वटा स्टल रहने भएका छन् कुल स्टलमध्ये कृषिलाई उच्च प्रथामिकता दिएर राख्ने काम भइरहेको आयोकले जनाएको

महोत्सवमा जिल्लामा  उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको

मेलामा सय वढि नेपालका ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने भएको १३ दिनसम्म चल्ने मेलामा करिब डेढ लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको  

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?