कपिलवस्तुमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।बुटवलबाट कृष्णनगर जाँदै गरेको बस साँझ ५ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो ।
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ खारखानी (पानी धारामा) लु १ ख ९२४२ नम्बरको बस दुर्घटनामा परेको कपिलबस्तुका ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरिक्षक) पंकज चुंदालीले बताउनुभयो ।
दुर्घटनामा ११ जना घाइते भएको र घाईतेहरुको बुटवल जितगढी स्थित एडमन्ड सिटी अस्पतालमा उपचार भैरहेको र उनिहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना जति यात्रु रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।