हिमा स्मृति कोषले अमरपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

अनिल खत्री

  चैत, गुल्मी गुल्मी जिल्लाको अमरपुरमा हिमा गौतम स्मृति कोषद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको कोषले बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित पत्रकार सम्मेलन गर्दै जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर अमरपुरमा आउदो चैत २८ २९ गते निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको

स्वास्थ्य शिविरमा काठमाडौं, बुटवल तानसेनका प्रतिष्ठित अस्पतालहरू बाट वरिष्ठ चिकित्सकहरू सहभागी हुनेछन् शिविरमा हाडजोर्नी, नशा रोग, स्त्रीरोग, बालरोग, छाला रोग, जनरल फिजिसियन सेवा, रक्त परीक्षण तथा औषधि वितरणजस्ता सेवा निःशुल्कप्रदान गरिनेछ    

शिविरमा वरिष्ठ चिकित्सकहरू डा.  प्रकाश पौडेल, डा. ऋषिकुमार काफ्ले, डा. समीरचन्द्र गौतम, डा. रुपा झा, डा. यज्ञ खड्का, डा. लोकबहादु टण्डन, डा. प्रतिज्ञा गौतम तीन जना मेडिकल डाक्टर तीन जना मेडिकल अधिकृतसहित बुटवल तानसेनका प्रतिष्ठित अस्पतालका चिकित्सकहरूले सेवा प्रदान गर्ने छन्  

हिमा गौतम स्मृति कोषका मुख्य संस्थापक तथा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमले ग्रामीण क्षेत्रका विपन्न तथा असहाय नागरिकहरूको जीवनस्तर सुधार्न कोषले निरन्तर प्रयास गरिरहेको बताउनुभयो  विगत तीन दशकदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा क्रियाशील हिमा गौतम स्मृति कोषले यसअघि पनि अमरपुर आसपासका विद्यालयहरूमा निःशुल्क पाठ्यसामग्री वितरण, छात्रवृत्ति कार्यक्रम तथा विद्यालय स्तरोन्नतिको पहल गर्दै आएको

 स्वास्थ्य क्षेत्रमा पनि कोषले स्थानीय स्वास्थ्य चौकीलाई आवश्यक उपकरण तथा औषधि उपलब्ध गराउँदै आएको कोषका अनुसार, २०६९ सालमा अमरपुर स्वास्थ्य चौकीलाई सरकारले स्तरोन्नति गरे पनि अझै अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवाको अभाव यसै कारण कोषले समय समयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको स्थानीय बासिन्दाले यस अघि कोषद्वारा सञ्चालित स्वास्थ्य शिविरहरूबाट ठूलो राहत पाएका छन्

स्थानीयलाई सहज रूपमा स्वास्थ्य उपचार उपलब्ध गराउने उद्देश्य सहित आयोजना गरिएको यो शिविरमा सहभागी भई निःशुल्क सेवा लिन आयोजक संस्थाका सदस्य सुरेशचन्द्र गौतमले अनुरोध गर्नुभयो

 स्वर्गीय आमा हिमा गौतमको सम्झनामा उहाँका ज्येष्ठ छोरा कुलचन्द्र गौतम अन्य छोराहरू सुरेशचन्द्र गौतम, सुशीलचन्द्र गौतम, दिनेश गौतम साथै छोरीहरु रमा भुसाल   सावित्रा गौतम संस्थापक भई स्थापना भएको हो यस कोषको स्थापना आमाको मृत्यु पछि २०५३ सालमै स्थापना भएको थियो

 यही कोषकै अगुवाइमा अमरपुर प्राथमिक विद्यालयलाई शिक्षाको नीति नियमअनुसार आर्थिक सहयोग गरी स्वर्गीय आमा हिमा गौतमका श्रीमान् तथा कोषका मुख्य संस्थापक कुलचन्द्र गौतमका बुबा ओम प्रसाद गौतमको नामबाट अमरपुर ओम प्रसाद गौतम माध्यमिक विद्यालय नामाकरण गरी विद्यालयको भौतिक संरचनामा समेत काम गरिरहेको यस कोषले अमरपुर सहित आसपासमा स्वास्थ्य शिक्षाका क्षेत्रमा ब्यापाक रुपमा काम गर्दै आएको

 हिमा स्मृति कोषमा अध्यक्ष नारायण पराजुलीले अमरपुर स्वास्थ्य चौकीमा हुने उक्त शिविरमा इस्मा, मालिका, धुर्कोट  मदानेका सबै नागरिकलाई सेवा लिन आउन अनुरोध गर्नुभयो उहाँले कोषले स्वास्थ्य, शिक्षा समाजिक क्षेत्रमा अतुलनीय काम गरिरहेको बताउनुभयो 

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?