अनिल नेपाली
अर्घाखाँची जिल्लामा पछिल्लो समय बिशेषज्ञ सेवा सहित विशेषज्ञ चिकित्सकद्वारा अत्याधुनिक उपकरणद्वारा बिरामीको उपचार हुने भएपछि जिल्ला बासिमा खुसियाली छाएको छ ।
पछिल्लो समयमा मानिसहरूमा खानपान असभ्य जिवनशैलीका कारणले सर्ने रोगभन्दा नसर्ने रोगले मान्छे ग्रशीत भएको पाईन्छ । कुनै उमेर समूह नभनी थाईराईट, सुगर, प्रेसर, छाती, मुटु रोगबाट ग्रशीत भई सामान्य उपचारको लागि बिरामीहरू बुटवल काठमाडौं जानुपर्ने समस्या अर्घाखाँचीमा विगत लामो समयदेखि रहि आएको थियो ।
त्यस्ता बिरामीको उपचार बिशेषज्ञ चिकित्सक सहित अर्घाखाँची जिल्लाको अर्घाखाँची अस्पतालमा प्रा लि मा हुने भएपछि जिल्ला बासिमा खुसियाली छाएको छ । बिगत १ बर्ष अगाडि देखि अर्घाखाँची जिल्लामा सेवा प्रारम्म गरि बिरामीको उपचार गदै आउनु भएका डाक्टर पबन कटुवालले सोही सेवा उपलब्ध गराएपछि जिल्ला बासीमा खुसियाली छाएको हो ।
आर्थिक अबस्था कमजोर र जनचेतनाका कारणले जिल्लाका बिरामी अन्यत्र गएपनि अब उत्त सेवा अर्घाखाँची जिल्लामा हुने बताउदै उक्त सेवा लिन जिल्ला बासीलाई आग्रह गदै डाक्टर कटुवालले गुणस्तरीय र सर्व सुलभ सेवा अर्घाखाँची अस्पताल प्रा लि मा उपलब्ध गराउदै आउनु भएको छ ।