बुटवल – लुम्बिनी प्रदेशमा आज बाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु हुदैछ । आज तिलोत्तमा,भैरहवा र लमहीमा रहेका खेलमैदानमा एकै पटक खेलहरू सञ्चालन हुने छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान,भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चलन हुँदैछ ।
प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिम सहभागी हुने छन ।
रुपन्देहीको एक्स्ट्राटेक ओभलमा रंगशालामा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण,भैरहवाको सिद्धार्थ रङ्गशालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र त्यस्तै दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको क्यानले बताएको छ ।