नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव यतिबेला नेपालको पश्चिमी भुभाग जुम्लाको धौलापानीमा स्याउ रोप्न ब्यस्त छन् ।
जुम्लामा यो समयमा ४ हजार बढि स्याउका बिरुवा रोपिने र त्यसपछी महासचिव विप्लव कालिकोटमा रहेको भेडीगोंठ उद्घाटनमा जाने तयारी गरिएको जन प्रत्रकार सङ्गठन नेपालका पुर्व अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।
देशमा महिनामा अर्वौ अर्वको आलु,टमाटर,खुर्सानी,स्याउ,कागती र मासु खरिद भैरहेको छ । आफूलाई चाहिने तरकारी मात्रै पनि आफैंले उत्पादन गर्ने हो भने करोडौं पैसा देश बाहिर जाने थिएन । यहीँ अभियानमा रहेका महासचिव विप्लव लगायतको नेकपाको नेतृत्व पंक्ति जुम्ला लगायत देशभर कृषि उत्पादन र पशुपालनमा व्यवस्थित गराउन लागिरहेको र आत्मनिर्भर अर्थतन्त्र मार्फत समृद्ध मुलुकको अभियानमा अगाडि बढेको बताउदै डुम्रेले भने देशमा कतिपयले चिल्ला गफले समृद्धिको रटान रटिरहेका छन यो प्रबृति गलत छ देश बनाउने हो भने कृषि क्रान्ति सहित उत्पादनमा जोडिनुको बिकल्प छैन ।
गफ र भाषणले मात्रै समृद्धि आउदैन,समृद्धि र विकासका लागि कठिन मेहनत र परिश्रमको आवश्यक पर्दछ भन्ने मर्मलाइ आत्मसात् गर्दै आफ्नो पार्टी अहिले देशभर कृषि र उत्पादनमा जोडिएको नेकपाले जनाएको छ ।