शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा प्रवेश : उत्कृष्ट ब्रान्च सम्मानित

रुपन्देही   काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेकोवर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ वर्षमा प्रवेश गरेको । बैङ्कले वार्षिकोत्सव अवसरमा यस वर्ष उत्कृष्ट शाखाको रुपमा रहेका खैरेनी शाखा गुल्मी, बिजुवार शाखा प्युठान,योगीकुटी शाखा रुपन्देही,कतरनिया शाखा बर्दिया र सूर्यपुरा शाखा रुपन्देहीलाई वेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको

हाल २० जिल्लामा ८८ शाखा रहेको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको २०८१ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार बैङ्कको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको बैङ्कको अधिकृत पुँजी अर्ब, जारीपुँजी अर्ब ८७ करोड चुक्ता पुँजी पनि अर्ब ८७ करोड रुपैयाँ रहेको

जसमा व्यापार कर्जा १८ दशमलव ९१ प्रतिशत,जग्गा खरिद कर्जा दशमलव ९५ प्रतिशत, होटेल तथा पर्यटन कर्जा १६ दशमलव ८५प्रतिशत, उद्योग कर्जा १४ दशमलव २१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलव ३५ प्रतिशत, , कृषि कर्जा दशमलव ९१ प्रतिशत, आवास निर्माण कर्जा दशमलव ८२ प्रतिशत, विपन्न वर्ग कर्जा दशमलव ८९ प्रतिशत, हायरपर्चेज कर्जा दशमलव ४८ प्रतिशतरहेको भने अस्पताल, शिक्षा आदीमा ६।५५ प्रतिशत अन्य कर्जा १।०८ प्रतिशत रहेको बैङ्कले जनाएको

देशभर लाख ३५ हजार बढी ग्राहक संख्या रहेको बैङ्कले  आर्थिक वर्ष २०८०/०८१ मा ब्याजदर, पारिश्रमिक कर लगायत अन्य शीर्षकमा गरी श्रोतमा कर कट्टीतर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकर तर्फ ३७ करोड ०६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा नेशनल वेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट न्यु बिजनेस एजप्रा.लि. वाट वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दि इअर २०२४ वाट सम्मानित भएको थियो

त्यस्तै बैङ्कले आर्थिक बर्ष २०८०/०८१ मा इन्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एसिया बैङ्किङ अवार्डमा वेस्टपर्फमेन्स अन प्रोफिटाबिलिटी, वेस्ट पर्फमेन्स अन ग्रोथ वेस्ट बैङ्क शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो

निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार गर्ने, कर्जाकोगुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, डिजिटल कारोबारलाई थप सुरक्षित भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैङ्क बन्नेलक्ष्य सहित अघि बढेको बैङ्कका अध्यक्ष थानेश्वर पौडेलले बताए

बैङ्क सुशासन, स्पष्ट भिजन दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैङ्कले मुख्य जोड दिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए विगतमा सबै सरोकारवाला क्षेत्र आर्थिक अनुशासनमा नरहँदा त्यसको असर बैङ्क ब्याजदरमा परेको स्मरण गर्दै पौडेलले बैङ्किङ क्षेत्रमा अनुशासन जरुरी रहेको उल्लेख गरे उनले डिजिटल बैङ्किङ तथा युवाउद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैङ्क लोकप्रिय बनेको उल्लेख गरे । 

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?