सन्धिखर्कमा आज देखि निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न अस्पताल

अनिल नेपाली

अर्घाखाँचीको सन्धिखर्कमा आज देखि निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न जन्मभुमि हस्पिटल  ओैपचारिक रुपमा सन्चालमा आएको

अस्पतालको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन

उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले अस्पताल स्थापना सँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौं, बुटवल लगायतका  विभिन्न ठूला सहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने बताउदै  अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताएका थिए

कार्यक्रममा लुम्बिनि प्रादेशिक अस्पतालका फिजिसियन डा.नन्दु पाठकले अस्पतालको स्थापना सँगसँगै चिकित्सक स्वास्थ्यकर्मी संवेदनशील भई बिरामीको सेवा गर्नुपर्ने बताएका थिए  

कार्यक्रममा अर्घाखाँची जिल्लामा रहेका गाउँपालिका, नगरपालिका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्ष सरोकारवाला निकायका प्रमुख, सुरक्षानि कायका प्रमुख संचारकर्मी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उधोगी व्यबसायी लगायतको सहभागीता रहेको थियो

अस्पतालले  आज उद्घाटनको दिन  निःशुल्क रुपमा चेकजाँच गर्ने भएकाले ४०० बढी अर्घाखाँची बासीले नाम दर्ता गराएको जन्मभूमि हस्पिटल अर्घाखाँचीका मार्केटिङ अधिकृत दुर्गा सुनारले बताएका छन् 

अस्पतालमा २४ सै  घण्टा आकस्मिक सेबा , बहिरङ्ग तथा अन्तरंग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्सरे तथा  चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा रहेको अस्पतालका कार्यकारी प्रमुख डिल थापाले बताएका छन्

थापाका अनुसार जिल्ला बासीलाई सेवा गर्नको लागी जिल्लामै अस्पताल स्थापना गरेको बताएका छन  अस्पतालमा हाल विभिन्न किसिमका सेवा उपलब्ध गराइएको आगामी दिनमा यो सेवालाई थप बिस्तार गर्ने अस्पतालका अध्यक्ष राम   पोख्रेलले बताएका छन उनले करोडको  लगानीमा स्थापना भएको अस्पताललाई आगामी दिनमा थप बिस्तार गर्ने बताएका छन

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?