अनिल नेपाली
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरी दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम ( mss ) अन्तर्गत मङ्गलबार अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा प्रदेश बाटआएको बिज्ञहरूको टोलिले मुल्यांकन गरि अस्पतालले प्रदेशमा दोस्रो स्थान प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशका १३ अस्पतालको अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पताले ९४ % अङ्क प्राप्त गरेको छ भने अनुगमन मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलो स्थानमा परेको छ ।