अर्घाखाँचीमा आज देखि अर्गानिक खाना बनाउने तालिम

अनिल नेपाली

महिला तथा जनजातिहरुका लागि स्थानीय सामाग्रीबाट अर्गानिक खाना बनाउने तालिम आज देखि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं मा सञ्चालन गरिएको

तालिमको उद्धघाटन  कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं का अध्यक्ष चुरा ब.केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो   कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष केसीले स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अर्गानिक खाना बनाउने तालिमले स्थानीयलाई आत्मनिर्भर बनाउने स्वरोजगार बनाउने बताए ।

अध्यक्ष केसीले स्थानीय उत्पादनको पहिचान हुनेबताउदै यस्ता कार्यक्रमले स्थानीय महिला जनजातिलाई  आत्मनिर्भर बनाउन सघाउ पुर्याउने बताउदै तालिम पछि सिकेको सिपलाई ब्यबहारमा उतारी लागू गर्न आग्रह गरेका थिए  

१० दिन सम्म चल्ने  तालिममा स्थानीय १६ जनाको सहभागीता रहेको तालिममा स्थानीय स्तरमा उत्पादन हुने खाधान्न, तरकारी बाट महिलालाई अर्गानिक खाना बनाउने तालिम दिईने वडा सचिब सीता बिसि पराजुलीले बताइन

कार्यक्रममा वडा सदस्य डुकलाल पोख्रे , मिना ज्ञवाली , स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द् विक लगायतको सहभागीता रहेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?