४ माघ,गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा यहि फागुन पहिलो साता तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता सन्चालन हुने भएको छ । भलिवल प्रतियोगिता मदाने गाउँपालिकाको गाउँपालिका स्तरीय खेलमैदान, मदाने–७ कुडापानी, भनभनेमा हुनेछ ।
मदाने गाउँपालिका गाउँ कार्यपालिकाको २०८१ माघ २७ गतेको निर्णय अनुसार यहि फागुन ७, ८ र ९ गते वडा स्तरीय महिला भलिबल प्रतियोगितामा तथा अन्तर स्थानीय तह पुरुष भलिबलको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थिले बताउनुभयो ।
मदाने गाउँपालिका वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु.३३,३३३ ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।त्यसैगरी दोस्रोले २२,२२२ मेडल र प्रमाणपत्र र तेस्रोले ११,१११ सहिद प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यस्तै अन्तर स्थानिय तह पुरुष भलिबलमा प्रथम हुनेले नगद रु.१,११,१११ ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रो हुनेले ५५,५५५ मेडल र प्रमाणपत्र र तेस्रोले २५,५५५ सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले बताएको छ ।
पालिकाले यो बर्ष मात्र नभई बिगत केही बर्ष अघि देखि यो कार्यक्रम सन्चालन गरिरहेको छ । यस बर्ष भने छिमेकी जिल्लाअ र्घाखाँचीको मालारानी गाउँपालिका ,प्युठान जिल्लाको झिम्रुक गाउँपालिका र गौमुखी गाउँपालिकाको पनि सहकार्य रहेको पालिकाले जनाएको छ ।