आफ्ना कुकर्म लुकाउनको लागि कांग्रेस र एमालेको सरकार : नेता महतो

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्ना कुकर्म लुकाउनको लागि कांग्रेस एमाले मिलेर बर्तमान  सरकार बनाएको आरोप लगाएका छन्

कपिलवस्तुमा आयोजित बृहत् जिल्ला भेला कार्यक्रममा मन्तब्य राख्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका महतोले यस्तो बताएका हुन । नेता महतोले संसद्का ठूला दल नै मिलेर सरकार बनाएपछि लोकतान्त्रिक मूल्य मान्यता भत्किएको दाबी गदै अहिले देशको अवस्था कुनै पनि कोणबाट ठीक नरहेको टिप्पणी गरे

महतोले अहिले देशको सभ्यता संस्कृति माथि नै प्रहार भैरहेको भन्दै उनले देशलाई अहिलेको अवस्थामा पुर्याउनको लागि कांग्रेस, एमाले माओवादी तीन ठूला दल मुख्य जिम्मेवार रहेको आरोप लगाए

महतोले यतिवेला देश दौडाह थालेका छन् विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्र्याउने अभियानमा महतो सक्रिय देखिएका छन् कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवि दन्त मिश्र लगायतका नेता कार्यकर्ताको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?