माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे पार्टी प्रवेश गर्नेलाइ स्वागत

२१ माघ,काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक सहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गरेका छन

पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्व केन्द्रीय सदस्य बीरबहादुर बिदुर, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल सजिव गुप्ता, दिलिप, जिल्लासदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी लगायत रहेका छन

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा माओवादी केन्द्रमा प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध ध्रुवीकृत हुन आह्वान गरेका छन उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढ्ने बताए

अध्यक्ष प्रचण्डले आज विहान आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?