१० माघ,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका तामनगरमा मोटरसाइकलको ठक्कर बाट गम्भिर घाइते ६५ वर्षीय दुर्गाबहादुर थापाको उपचारको क्रममा विहिबार ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ तामनगरमा पैदलयात्री ६५ वर्षीय दुर्गाबहादुर थापालाई लु ९३ प ९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
मोटरसाइकलको ठक्कर बाट घाइते थापाको उपचारको क्रममा चौराहा हस्पिटल बुटवलमा मृत्यु भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

