गुल्मीको धुर्कोट गाउँपालिका ६ मा आगलागी १ लाख बराबरको क्षति

९ माघ, बुटवल | गुल्मीको धुर्कोट गाउँपालिका कमेरेपानीमा स्थानिय शारदा थापाको गोठमा बिहान बजे आगलागी हुँदा करिब लाख बराबरको क्षति भएको

भैंसीलाई कुडो पकाउन गोठमा बालेको आगोको कारण आगलागी भएको वडा अध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो । आगलागीबाट गोठको छानो पुर्ण रुपमा जलेर क्षति हुनुको साथै ५० भारी खर, ३० भारी नल, २० भारी पोस्कर, टिन, डाँडा, भाटा नष्ट भएका छन

डेढ वर्षअघि मात्रै निर्माण गरिएको गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको गोठभित्र रहेका भैंसी, पाडो, बोका, /वटा बाख्रालाई स्थानीयले सकुशल उद्धार गर्न सफल भएको अध्यक्ष नेपालीले बताउनुभयो

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा सक्रियताको कारण करिब घण्टाको  प्रयासपछि आगो नियन्त्रणमा लिइएको अध्यक्ष कृष्णबहादुर नेपालीले जानकारी दिनुभयो।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?