८ माघ बुटवल । मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष ढुङ्गाले पुरिएको अवस्थामा मृत अबस्थामा फेला परेका छन । जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग कालिमाटी निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएस्पी चिरञ्जीवी दाहालले रोका मृत फेला परेको पुष्टि गर्दै घटना स्थलमा इलाका प्रहरी कार्यालय गुल्मी बाट प्रहरी पुगेर अनुसन्धान भईरहेको र जिल्ला बाट प्रहरी उपरिक्षक (एसपी) को नेतृत्वमा थप जनशक्ति जान लागेको बताए ।
मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।