२ माघ,बुटवल । होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा “अतिथि देवो भव“नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँ सम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवलमा सुरु भएको बुटवल खाना महोत्सवको अन्तिम दिन आज बृहत् रक्तदान कार्यक्रम चलिरहेको छ ।
पौष २९ देखि माघ २ गते सम्म ३ दिनको लागि बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा चलिरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को अन्तिम दिन होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा नेपाल नियमित रक्तदाता संघ रुपन्देही र लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमको सहयोगमा रक्तदान भैरहेको होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको महासचिव अर्जुन थापाले बताए ।
बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा बिबिध सांस्कृतिक साँझ संगै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती तथा जात जातिगत झाँकी सहितको बिबिध प्रस्तुति र स्थानीय रैथाने तथा स्वादेशी खानाका परिकारहरुको पर्दर्शनी गरिएको अध्यक्ष लेखनाथ भण्डारीले बताए ।
आज माघ २ गते अपरान्ह १२:३० देखी दिउँसो ४:०० बजे सम्म रक्तदान कार्यक्रम र त्यस पश्चात नियमित कार्यक्रम गरि रातको १२:००बजे खाना महोत्सवको औपचारिक समापन गरीने अध्यक्ष भण्डारीले जानकारी दिए ।