आज देखि बुटवल खाना महोत्सवको सुरु ! यस्ता छन कार्यक्रम

२९ पौष,बुटवल आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामाअतिथि देवो भवनेपाली मौलिक कला संस्कृति रैथाने खानाका परिकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु हुँदैछ

पौष २९ ( आज ) देखि माघ गते सम्म दिन बुटवल दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए

बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्‍याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ,त्यस्तै समुद्घघाटन कार्यक्रम दिउँसो :०० बजे मेला स्थानमा हुने संस्थाका अध्यक्ष लेखनाथ भण्डारीले हिँजो पौष २८ गते पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए

अध्यक्ष भण्डारीका अनुसार साँझ :०० बजे देखि रातको १२:०० सम्म बिबिध सांस्कृतिक साँझ संगै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती,जात जातिगत झाँकी सहितको बिबिध प्रस्तुति स्थानीय रैथाने तथा स्वादेशी खानाका परीकारहरुको पर्दर्शनी गरिने त्यस्तै माघ गते बिहान ११:०० बजे रुपन्देहीका कृयाशिल संघ/संस्था सरोकार निकायसँग पर्यटन प्रवर्द्धन गोष्ठी गोष्ठी पश्चात नियमित कार्यक्रम सुचारु गरिने    


माघ
गते अपरान्ह १२:३० देखी दिउँसो :०० बजे सम्म रक्तदान कार्यक्रम त्यस पश्चात नियमित कार्यक्रम गरि रातको १२:०० बजे खाना महोत्सवको औपचारिक समापन गरीने अध्यक्ष भण्डारीले जानकारी दिए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?