अनिल नेपाली
२८ पौष, अर्घाखाँची । अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। अर्घाखाँची क्रिकेट संघको आयोजनामा आउँदो माघ १ गते देखि सन्धिखर्कको टुडिँखेलमा प्रतियोगिता गर्न लागिएको संघका जिल्ला अध्यक्ष ऋषीकेश भट्टराईले जानकारी दिए ।
पाँचौ चरणको खेल अन्तर्गत ४ टिमको सहभागी रहने छ । जसमा प्रथम पुरस्कार १ लाख, द्धितिय पुरस्कार ५० हजार नगद सहित ट्रफिप्रमाण पत्र र मेडल समेत प्रदान गरिने पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ ।
खेलकुद क्षेत्रलाई अझ बढि विकसित गरि अगाडी बढाउने संस्थाको मुख्य उदेश्य रहेको भन्दै खेलकुदलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत आग्रह गर्दै खेलमा विभिन्न बिधाहरुमा समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको अध्यक्ष भट्टराईको भनाइ छ ।
प्रतियोगीतामा सुपर सुपा इलाभेन ,सौजन्य समाज किमडाँडा, इलाभेन ब्रदर्श डिभर्ना, रोयल सन्धिखर्क लगायत टिमको सहभागी हुने छ।