टिका घिमिरेको एकल लोक गीत ‘बसाई सार माया नमार’ सार्वजनिक

अर्जुन थापा

संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वरमा नयाँ लोक गीतबसाई सार माया नमारसार्वजनिक भएको छ । उक्त गीतको भिडियोखरो मिडियायूट्यूब च्यानलमा अपलोड गरिएको छ। मिठो सुरिलो स्वरकी धनी नव गायिकाले यस अघि तिज गीतमा पनि स्वरदिइसकेकी थिइन्, जुन दर्शक श्रोताले अत्यन्तै रुचाएका थिए।

यस गीतको लय, शब्द संगीत संयोजन प्रेमदिप राम्जालीको रहेको छ । भिडियोमा संचारकर्मी तथा गायिका घिमिरे आफैंले अभिनय गरेकि  छन् । गीतको निर्देशन, छायांकन सम्पादन अजुर्न महर्जनले गरेका छन्।

चर्चितछिन्चु आईडलप्रतियोगिता मार्फत सार्वजनिक व्यक्तित्व बनेकी घिमिरेको यो पहिलो एकल गीत हो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?