अर्जुन थापा
केही दिन यता नेपालमा विभिन्न सामाजिक संजाल प्लेटफर्म र डिजिटल वालेटका नाममा ठगीका घटनाहरु तीव्र रुपमा बढेका छन् ।अपरिचित नम्बरबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरु र सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने घटनाहरुको संख्या ह्वात्तै बढेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार हालसालै पोखरामा ५७ लाख र चितवनमा १६ लाख रुपैयाँ ठगी गरिएको खुलासा भए सँगैसबै नागरिक लाई सचेत रहन आग्रह गरेको छ ।
CIB ले ठगीका विभिन्न तरिकाबारे चेतावनी दिँदै अस्थायी रूपले Wallet बन्द गर्न र O.T.P. मागेर पैसा ट्रान्सफर गर्ने, सामाजिक संजालमा प्रलोभनका लिंक पठाएर व्यक्तिगत जानकारी चोर्ने, अनलाइन व्यापारको नाममा रकम मागेर सामान डेलिभरी गर्ने जस्ता प्रमुख ठगीका तरिकाहरु खुलासा गरेको छ। यस बाहेक ५ सय भन्दा बढी संदिग्ध फोन नम्बर सक्रिय रहेको जानकारी पनि सार्वजनिक भएको छ।
नेपाल प्रहरी र CIB ले सबैलाई अपरिचित नम्बरबाट आएका फोन र म्यासेज नउठाउन समेत जानकारी गराएको छ यस्ता घटनामा संलग्न व्यक्तिहरुका बारेमा जानकारी दिन समेत प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटिले जानकारी गराएका छ्न ।