अनिल नेपाली
१७ पौष,अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि जन्मभुमि अस्पतालले कर्मचारीको स्वागत सहित अस्पतालको सेवा सुरु गरेको छ ।
जिल्ला अस्पतालमा कार्यरत डा.नवीन पौडेल, डा.काशिकान्त यादबले दैनिक रूपमा सेवा दिने अस्पतालमाका कार्यकारी निर्देशक डिल ब.थापाले बताउनुभएको छ । थापाका अनुसार अस्पतालमा २४ अै घण्टा ओपिडी सेवा,आकस्मिक सेवा,जनरल सेवा ल्याब,भिडियो एक्सरे,सुपथ मुल्यमा ओैषधी दिनुको साथै अस्पतालमा गरिब,निमुखा,अपांग गाउँपालिका/नगरपालिकाका सिफारिसका आधारमा निशुल्क उपचार गरिने बताउँदै अरू अस्पताल र पोलिक्लनिकले भन्दा सुपथ रुपमा बिरामीको सेवा गर्ने बताए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र ढुङ्गाना,पत्रकार अनिल नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
जन्मभुमि अस्पतालविकास समितिका अध्यक्ष राम प्र पोखरेलको अध्यक्षता, सचिव दिपक खासुको सञ्चालन, कोषाध्यक्ष बलराम घिमिरेको स्वागतमन्तब्यमा सम्पन्न कार्यक्रममा कर्मचारी चिकित्सक लाई परिचयपत्र टीका खादा दारा स्वागत गरिनुका साथै अस्पताल बाट उपलब्ध हुने सेवा सुविधा लगायतका बारेमा जानकारी गराईएको थियो
अस्पतालको ओैपचारिक उद्घाटन माघ पहिलो महिनामा हुने भएता पनि अनौपचारिक रूपमा अस्पतालले निरन्तर सेवा दिने बताइएको छ ।