spot_img

गुल्मेली एकता समाज सैनामैना १ को दोश्रो साधारण सभा सम्पन्न

spot_img

गुल्मेली एकता समाज सैनामैना बनकट्टाले दोश्रो साधारण सभा सम्पन्न गरेको

संस्थाका अध्यक्ष दिर्घनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथि पुर्व लुम्बिनी प्रदेशका सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले छोटो समयमा समाजले उदाहरणीय कार्य गरेको समाजमा सकारात्मक सन्देश दिने गरि कार्य गरेकोमा शुभकामना बधाई व्यक्त गर्नुभएको थियो

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रमुख विघुत प्राविधिकरण प्रमुख हरि प्रसाद पाण्डे,संरक्षक शिवलाल अर्याल सल्लाहकारराम बहादुर कुँवर, सुर्य विक्रम राना, होमा पौडेल,चेत नारायण गिरि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो

हालसम्म यो बर्ष ३७ वटा श्रद्धाञ्जली सभा कार्यक्रममा सहभागी भएको समाजले हरेक सामाजिक क्रियाकलापमा समाज सहभागी भएको जानकारी महासचिव पुस्कर भुषालले दिनुभएको थियो

कार्यक्रममा आजीवन सदस्य,विशिष्ट सदस्य, साधारण सदस्य गरि ४२२ जना सदस्य विस्तार भएको जानकारी दिइएको र संस्थालाई सहयोग गर्ने  सहयोग दातालाई सम्मान गरिएको थियो

कार्यक्रम संस्थाका  प्रथम उपाध्यक्ष फटिक के.सि.को स्वागत मन्तव्य , महासचिब पुस्कर भुषालको सन्चालनमा  सम्पन्न भएको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img