५ पुष, गुल्मी–गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को कंकेदेउरालीमा आज बाट प्रथम कंकेदेउराली कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदैछ ।
आज पुस ५ देखि ७ गतेसम्म संचालन हुने महोत्सव मदाने गाउँपालिकाको आयोजना र कंकेदेउराली पर्यटन पुर्वाधार विकास समिति सह-आयोजकको रुपमा आयोजना गरिएको महोत्सव ‘घुम्न जाउँ यसपालि कन्केदेउराली’ अभियानका साथ पहिलोपटक आयोजना गरिएको हो ।
उत्तर–दक्षिण जोड्ने ढोरपाटन सडक सङ्ग जोडिएको पर्यटकीय क्षेत्र कन्केदेउरालीलाइ पर्यटनबिकासमा टेवा पुराउने उदेश्यले महोत्सव आयोजना गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन । महोत्सवमा भजनकृतन, विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तर्गत मदाने तारा र केही कलाकारको प्रस्तुति रहने खडकाले जानकारी दिइन् ।
मदाने गाउँपालिकामा उब्जने कोदो,मकै,सुन्तला,फापर लगायतका स्थानिय उत्पादन र कृषि उपजको महोत्सवमा प्रर्दशन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । आजबाट ३ दिनसम्म चल्ने यो महोत्सव पालिकाको करिव ३ लाख बजेटमा सम्पन्न हुने पन्थीले बताए ।
बिच भागबाट जाने सालझन्डी ढोरपाटन सडक र नजिकका पर्यटकीय क्षेत्र तथा कृषि रपशुपालन जोडेर समृद्धि प्राप्तिको लक्ष्य राखिएको पालिका अध्यक्ष महेन्द्र कुँवरले बताए । महोत्सवमा गुल्मी जिल्ला र पालिका भित्रका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुने मदाने गाउँपालिकाले बताएको छ ।