गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ ले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
नागरिकलाई समय समयमा बिशेष डाक्टर मार्फत स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उदेश्यका साथ यहिँ पौष ६ गते बिशेष निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष कमल केसीले बताए ।
अध्यक्ष केसीले भने ‘ हामी जनप्रतिनिधी, कम्तिमा मलाइ लाग्दैन की भौतिक बिकास मात्र बिकास हो, बिकास त भुगोलका नागरिकले अनुभुत गर्न पाउने हुनुपर्छ । यहिँ सोंचलाई आत्मसाथ गर्दै हामीले यहाँका नागरिकलाइ विशेषज्ञ डाक्टरहरुको साथमा निशुल्क स्वास्थ्यसेवा दिन लागेका छौँ ‘
निशुल्क स्वास्थ्य सेवा शिविरमा सुगर,प्रेसर तथा मुटु रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,टाउको,नशा तथा मनोरोग विशेषज्ञ,महिला प्रसुती तथा स्त्रीरोग विशेषज्ञ लगायतको सहभागितामा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण र आवश्यकता अनुसार निशुल्क रगत परिक्षण गरिने बताइएको छ ।