३0 मङ्सिर – पर्वतको कुश्मा बजारमा पहिलो पटक लाइन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको तेश्रो क्याबिनेट बैठक आयोजना गरि सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राज्य सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाले लायन्सले जसरी समाजमा काम गरेको छ त्यही अनुसार हामीले राजनितिक क्षेत्र र अन्य सबै ठाउँमा काम गरियो भने देश बन्न बेर नलाग्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि राजन लम्सालले लाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रबाट धेरै कार्यक्रमहरु योजनाहरु ल्याएर जहाँ आवश्यकता छ त्यहाँ स्कुल, आँखा हस्पिटल, विभिन्न इक्विपमेन्टका सामग्रीहरु लगायतमा ठूलो धनराशी खर्च गरेको बताउँदै चाहे भूकम्प जाँदा होस,चाहे बाढी पहिरो जाँदा होस् आफ्नो क्षेत्रबाट लायन्सको सहभागिता बारे प्रष्ट पार्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले यो ६ महिने अवधीमा डिस्ट्रिक्टले उल्लेख्य काम गरेको बताउदै एमजिएफ मेम्बरसिप ग्रोथ र हजारौं सर्भिसका कार्यक्रम गरेको प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राज्यसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना, विशेष अतिथी राजन लम्साल, यसैगरी पास मल्टिपल काउन्सिल चेयर पर्सन मनबहादुर रोक्का,पीडीजी चन्द्रकुमार केसी, पीडीजी इन्दु लम्साल,फर्स्ट भिडिजी पार्वती खरेल पाण्डे,सेकेन्ड भिडिजी सूर्यकुमार केसी, चिप एडभाइजर शैलेन्द्र भट्टराई, विभिन्न संस्थाका प्रतिनिधिहरू, कार्यक्रमको संयोजक अर्जुन पौडेल,चारवटै क्लबका अध्यक्षहरु,सुरक्षा निकाय,पत्रकारहरू लगायतको सहभागिता रहेको थियो ।
क्याविनेट बैठक procieting अफिसर डिस्ट्रिक्ट गवर्नर विनोद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्पूर्ण लाइन्सहरुको परेट मा बजार परिक्रमा सहित कुश्माका आमाबुबा, दाजुभाइ–दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा यो तेस्रो क्याबिनेट मिटिङ सम्पन्न गरिएको र जसमा काभ्रे, नुवाकोट, गोरखा, पोखरा,काठमाडौँ देखि करिव १ हजार जना लाइन्सहरूको सहभागिता भएको पि आर ओ इन चिप बिष्णु भण्डारीले बताउनुभयो ।
सोही अवसरमा ६ महिनाको अवधीमा विभिन्न बिधामा काम गर्ने लाइन्स सदस्यहरु सहित international president को बिनबाट लाएन्स पि आर ओ इन चिप बिष्णु भण्डारी लाई सम्मान समेत गरिएको थियो ।