बुटवल–नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल (बलदेवले) अहिले पुर्वदेखि पश्चिम सम्म जनताको पार्टी माओवादी नै हो भन्ने प्रमाणित भएको र त्यो हाम्रो पार्टी र अध्यक्ष प्रचण्डले प्रमाणित गरिसकेको बताएका छन ।
बुटवलमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा जनमुक्ती पार्टीका महासचिव राम परियार सहित ठुलो संख्यामा प्रवेश प्रवेश गराउदै यस्तो बताएका हुन ।
बिगतका कमजोरीलाइ सच्याउदै हामीहरु अगाडी बढिसक्यौ अव माओवादी देशैभरी अगाडी बढिसक्यो अबका दिनहरु सबै टुटफुट भएका बाम पार्टी र देशभक्तहरुलाइ जोड्दै अगाडी बढ्नुपर्ने जिम्मेवारी माओवादी केन्द्रको काधमा आइसकेको बताउँदै नेता बलदेवले अगाडी थपे भ्रष्टचारको बिरुद्धमा लड्ने पार्टी नै नेकपा माओवादी केन्द्र भएको जिकिर गरे । नेता बलदेवले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले पार्टीका नेताहरुलाइ समात्न सुरु लाग्दै गर्दा प्रचण्ड नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित ठुलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति थियो भने विभिन्न पार्टी परित्याग गरि सयौँको संख्यामा माओवादी केन्द्र प्रवेश गरेका थिए ।