spot_img

शुद्धोधन गाउँपालिकामा अन्तर्राष्ट्रिय पदाधिकारी सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अन्तर्राष्ट्रिय पदाधिकारीहरु सँग शुद्धोधन गाउँपालिकाको अनलाइन प्रविधि सेवा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

विदेशी राजदुतावासका डेभलपमेन्ट डाइरेक्टर पिपा बर्ड तथा अमेरिकी सहायता नियोग ( USAID) मार्फत आउनुभएका केट डोहनीको टोली सङ्ग हाल शुद्धोधन गाउँपालिकामा संचालित अनलाइन प्रविधि सेवाका प्रगतिहरु,चुनौती आगामी कार्यदिशा वारे छलफल भएको थियो

अन्तरक्रिया कार्यक्रममा हाल पालिकामा लागू भैरहेको सिफारिस,न्यायीक मामिला व्यवस्थापन डाटा प्रणाली लागू हुने क्रममा एकीकृत डाटा व्यवस्थापन प्रणाली सम्बन्धी छलफल  भएको थियो । कार्यक्रममा  दक्षिण एसिया फाउन्डेसन काठमाडौका डाइरेक्टर प्रणय रतन स्तापित ,एसिया फाउन्डेसन प्रोग्राम मेनेजर गोविन्द बस्नेतको टोली समेत सहभागी भएको थियो

उक्त कार्यक्रममा शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले स्वागत गर्नु हुँदै गाउँपालिकामा हालसम्म भएका प्रगति  आगामी  योजना बारे विवरण प्रस्तुत गर्नुभएको थियो

त्यसैगरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले सिस्टमहरुको वारेमा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो कार्यक्रमको संचालन गाउँपालिका प्रमुखप्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तिले गर्नुभएको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img