spot_img

निशुल्क स्वास्थ्य परिक्षण गर्ने छाँया अस्पताल र जिप्रका अर्घाखाँची बिच सहमति

spot_img

अनिल नेपाली

अर्घाखाँची २३ मसिर

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची छाया अस्पताल प्रा.लि. अर्घाखाँची बिच आज प्रहरी कर्मचारी तथा न्यायीक हिरासतमा  रहेका थुनुवाको निशुल्क स्वास्थ परिक्षण सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सहित सम्झौता भएको

सम्झौता पत्रमा प्रत्येक महिनाको पहिलो शुक्रबार जिल्ला प्रहरीको न्यायीक हिरासतमा रहेका थुनुवा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीको निशुल्क उपचार गर्ने ,निशुल्क उपचार गर्दा जिल्ला प्रहरी कार्यालयको प्राङगणभित्र छायाँ अस्पतालका चिकित्सकहरु द्धारा उपचार गर्ने स्वास्थ्य परीक्षण गर्दा थप उपचार गर्न परेमा बिशेष छुट समेत  दिइनेछ

सम्झौतामा अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष दल केसी डा.प्रदीपजङ्ग केसी ले हस्ताक्षण गनुभएको भने जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल ,प्रहरी निरिक्षक बिष्णु प्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गनुभएको सम्झौता पत्रमा सहमति भएअनुसार उपचारमा  १० देखि २५  प्रतिशत छुट दिने उल्लेख गरिएको यो सम्झौता बर्ष सम्म लागू हुनेछ पछि पुनः नवीकरण गर्न सकिने जनाइएको

छाँया अस्पतालले अर्घाखाँची जिल्लामा अत्याधुनिक उपकरण सहित अति विशिष्ट सेवाहरु समेत दिँदै आएको ।  अस्पताल प्रति धेरैको विश्वास बढेको अस्पतालमा अर्घाखाँची जिल्लाबाट मात्र नभएर छिमेकी जिल्ला गुल्मी प्युठानका बिरामी समेत आउने गर्दछन् । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने अस्पतालका कार्यकारी अध्यक्ष दल बहादुर केसीले प्रतिबद्धता समेत जनाउनुभएको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img