अनिल नेपाली
अर्घाखाँची २२ मसिर
सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीले बिकास र समृद्धिको लागी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । डोलेश्वर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको तेस्रो साधारण सभाको आज सन्धिखर्कमा उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख श्रेष्ठले सहकारीले बचत ऋणको सेवा मात्रै प्रदान गर्नुभन्दा उत्पादन मुलक र नयाँ क्षेत्रमा लगानी गरि बिशिष्टीकृत सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै सहकारीले आय आर्जन र आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्ने बताउदै नगरले सहकारीको नियन्त्रण नियमन अनुगमन गरी नगर भित्र रहेका सहकारीको विकासको लागि नयाँ आयाम थप्ने बताएका थिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न २ का अध्यक्ष तथा नगर प्रबक्ता मोतिजङ्ग रायमाझी , पत्रकार महासघका सहसचिब अनिल नेपाली , समाजसेबी शिब प्रशाद पोख्रेल लगायतले कार्यक्रममा सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक टेक सुनार विश्वकर्मा सावित्रा देबी बन्जाडे ,कुष्ण भुसाल, उत्कृष्ण बचतकर्ता दामोदर बन्जाडे महिला तर्फ सरिता पौडेल,मधु खनाल महिला तर्फ यमकला सारु , रेमिटान्स तर्फ महिला गिता भुसाल पुरुष जितेन्द्र खत्री मोबाईल बैकिङ्ग तर्फ डुककला भुसाल, पुरुष तर्फ नारायण ब मिया उत्कृष्ण कर्मचारी कबिता केसी र विपना खत्री , समाचार प्रकाशन र प्रशारण गरे बापत नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सस्थाका अध्यक्ष मोतिराज शर्माले सागठनिक प्रगति प्रतिवेदन शारदा खनाल भुसालले लेखा प्रशिक्षण प्रतिबेदन प्रस्तुत गनुभएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष मोतिराज शार्माको अध्यक्षता, कोषाध्यक्ष दिपक केसीको संचालन, उपाध्यक्ष शुक्रदेब बेल्बासेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सस्थाका शेयर सदस्य,सञ्चारकर्मी लगायत अन्य आगुन्तुक महानुभाबको सहभागिता रहेको थियो ।
संस्थाले स्थापनाको छोटो समयमै अर्घाखाँची जिल्लामा सामाजिक क्षेत्रमा र अन्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।