प्रविधिलाइ जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले गुल्मीको मदाने ७ मा रहेको टिम्मुरखर्क आधारभुत विद्यालयमा स्मार्ट कक्षा संचालन हुने भएको छ ।
आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम अनुसार शुक्रबार विशेष कार्यक्रमको बिच स्मार्ट बोर्डको उद्धघाटन गरिएको मदाने ७ का वडा अध्यक्ष सन्तोष केसीले बताए । यस कार्यबाट विधालयको शैक्षिक सुधारमा महत्वपूर्ण भुमिका निर्वाह हुने वडा अध्यक्ष केसीको भनाइ छ ।
उद्धघाटन कार्यक्रममा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवर, उपाध्यक्ष सरिता खड्का,प्रमुख प्रशासकीय अधिकृत सालिकराम पन्थी, मदाने ७ का वडा अध्यक्ष सन्तोष केसी,शिक्षा शाखा प्रमुख नारायण प्रसाद पन्थी, IT सुशील पोख्रेल, विधालय व्यवस्थापन समितिका अध्यक्ष,पदाधिकारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।