spot_img

शुद्धोधन गाउँपालिकाले गर्यो ६३ स्वयमसेवीलाई सम्मान

spot_img

२० मङ्सिर, रुपन्देहीरुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालय मानपकडीको आयोजनामाविविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिताको मुख्य नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस कार्यक्रम  पालिकाको सभाहलमा  सम्पन्न भएको

कार्यक्रममा पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले स्वयंसेविकाहरुले खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान ,परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, प्राथमिक उपचार लगायतका काम गर्दै आएको स्वयंसेविका भनेकै गाउँ घर डाक्टर भनेर चिनिने भएकोले शुद्धोधन गाउँपालिकाका वटा वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुको अक्षय कोषमा ५०५० हजार राखिएको अध्यक्ष बस्यालले बताउनुभयो

कार्यक्रममा शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कारण  समुदायमा स्वास्थ्यको अवस्थामा धेरै नै सकारात्मक परिवर्तन आएको स्वास्थ्य चेतना स्तर वढेको बताउनुभयो

उक्त कार्यक्रममा पालिकाका सातै वडाका ६३ जना महिला स्वयंसेविका हरु लाई सम्मान गरिएको शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो

कार्यक्रममा सामाजिक विकास संयोजक का वडा अध्यक्ष केशवप्रसाद अधिकारी, शुद्धोधन का वडा अध्यक्ष चन्द्रभान चौधरी,महिला स्वयंसेविका कमला खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रम शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवालीको स्वागत मन्तब्यमा शुद्धोधन गाउँपालिका नर्सिङ अधिकृत सिर्जनापौडेलको संचालनमा सम्पन्न भएको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img