spot_img

देशमा ऐतिहासिक काम माओबादी नेतृत्वमा आएपछि भएका छन् : नेता विक

spot_img

अनिल नेपाली

अर्घाखाँची १६ मसिर

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोरले देशमा व्यबस्था परिबर्तनको आन्दोलन गरेको माओबादी अब अबस्था परिबर्तनमा जुट्ने बताउदै माओबादीको नेतृत्वमा देशमा ऐतिहासिक कामहरू भएको बताएका छन्

अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वडा नं को तेस्रो वडा अधिबेशनको शनिबार शुभारम्भ गदै नेता विकले यस्तो बताएका हुन् नेता विकले माओबादीले देशमा ऐतिहासिक काम गरेर जनताको मुक्तिका लागि एउटा नयाँ आन्दोलन शुरु गरेर जनताको आवश्यकता चाहनालाई स्थापित गरेको बताउदै अब माओबादी सुशासन, सामाजिक न्याय   भ्रष्टाचार विरोधी आन्दोलनमा सरिक हुने बताएका थिए

नेकपा माओबादी केन्द्र अर्घाखाँची अहिले वडा अधिवेशनको तिब्र तयारीमा जुटेको राष्ट्रिय महाधिबशन नजिकिए सँगै माओबादीले जिल्ला,प्रदेश,केन्द्रका नेताहरुको सहभागितामा वडा कमिटीका अधिवेशन तिब्र रुपमा गरिरहेको माओबादीले  आईतबार सम्म जिल्लाका २४ वडामा अधिवेशन सम्पन्न गरिसकेको भने बाँकी वडामा पनि अधिवेशनको मिति तोकेको माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोरले बताएका छन् 

नेता विकका अनुसार वडा अधिवेशन पुससम्म  सम्पन्न गरीसक्ने गरि माओबादी  तयारीमा जुटेको  अर्घाखाँची जिल्लाका ६१ वडा मध्ये शीतगंगाभुमिकास्थान, सन्धिखर्क, पाणिनी, मालारानी  छत्रदेब मा अधिबेशन सम्पन्न गरेको माओबादी अर्घाखाँचीले जनाएको

माओबादी नेतृ तथा केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारीले सरकारमा रहँदा सुशासन भ्रष्टाचार विरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने गरी कारबाही प्रक्रिया माओवादी नेतृत्वको सरकारले चलाएको बताउदै अहिलेको सरकार भ्रष्टाचारको संरक्षणमा जुटेको बताइन्

कार्यक्रममा माओबादी प्रदेश सचिबालय सदस्य ठाकुर सौराग जिल्ला सयोजक राजेन्द्र भुसाल लगायतका नेताहरुले तिब्र रुपमा वडा अधिबेशनको लागि जुटेका छन्

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img