अनिल नेपाली
अर्घाखाँची १५ मसिर,
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय सदस्य तथा सभासद सविता गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर सहकारीमा जनताको डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएकोले यसको निष्पक्ष छानविन गरी सहकारी पिडितको रकमफिर्ता गनुपर्ने बताइएकी छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अर्घाखाँची जिल्लाको प्रथम भेलालाई सदरमुकाम सन्धिखर्कमा सम्वोधन गदै सभासद गौतमले यस्तो बताएकी हुन् । सभासद गौतमले आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई पनि कारबाही गरि देशमा विधिको शासनको प्रत्याभुति आम नागरिकलाई दिलाउनुको सट्टा सरकारले प्रतिशोधपुर्ण व्यबहार गरेको बताउदै सरकारले गठन गरेको संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको बताउदै रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिकनिकायको छानबिनलाई सघाउन सदैव तयार छ तर कानुनका छिद्रमा टेकेर रास्वपा र सभापति माथि साँधिने राजनीतिक प्रतिशोधकदापि स्वीकार्य नहुने बताउदै रास्वपाले ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौंको घोटालाको निष्पक्षछानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह समेत गरिन् ।
एक फरक प्रसंगमा नेपाल प्रहरी राज्यको निकाय भएकोलेसत्ताले यसको दुरुप्रयोग गरेर देशमा लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको आरोप लगाउदै सुन्दर व्यबस्था माथि सत्ताधिननेताका कारणले व्यबस्था माथि प्रश्न उठेको बताउदै व्यबस्था बचाउन आग्रह गरिन् ।
कार्यक्रममा केन्द्रीय सदस्य बिजय जौरी ,केन्द्रिय मानबअधिकार विभागका केन्द्रिय सदस्य गणेश पौडेल,पाणिनी गाँउपालिका सभापति बाबुराम घिमिरे, अर्घाखाँची–काठमाण्डौ सम्पर्क मन्च अध्यक्ष सीता पराजुली, पत्रकार महासंघका उपाध्यक्ष विरेन्द्र केसी,समाजसेबी सहयोगी विसी यज्ञ पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम रास्वपा जिल्ला सभापति हरि प्र भुसालको अध्यक्षता सन्धिखर्क नगर सभापति प्रकाशचन्द्र आचार्यको सञ्चालन कमल मरासिनीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा रास्वपाका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आउनेलाई स्वागत समेत गरिएको थियो